ललितपुर–३ को भरोसायोग्य विकल्प : सबैभन्दा भन्दा बलियो सन्दन थापा मगर

505 Shares

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ आज केवल उम्मेदवारको तुलना गर्ने मैदान होइन, कस्तो नेतृत्व चाहिन्छ ? भन्ने गम्भीर प्रश्नको सामना गरिरहेको क्षेत्र हो। लोकप्रियताको क्षणिक लहरभन्दा माथि उठेर जब दीर्घकालीन विकास, स्थानीय बुझाइ र राजनीतिक स्थायित्वको कुरा आउँछ, त्यतिबेला नेकपा (एमाले) का युवा नेता सन्दन थापा मगर अरु पहिले नै tested भन्दा बलियो, भरोसायोग्य र व्यवहारिक विकल्पका रूपमा उभिएकाछन्। उनी ‘भाषणमा होइन, व्यवहारमा देखिएको नेतृत्व’ को प्रतिनिधि हुन्।

सन्दन थापा मगर यही माटोमा हुर्किएका, यही समाजका पीडा–आकांक्षा नजिकबाट बुझेका नेता हुन्। कुपोण्डोलदेखि खोकना–बुङमतीसम्म फैलिएको यो क्षेत्रको सामाजिक बनोट, शहरीकरणको दबाब, सांस्कृतिक पहिचान र आधारभूत सेवा अभाव,यी सबै उनको राजनीतिक चेतनाको पाठशाला बनेका छन्। यही कारण उनको राजनीति कागजी विकास योजनामा सीमित छैन; खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, ढल र भौतिक पूर्वाधार जस्ता मुद्दामा उनी जनताको दैनिक जीवनसँग जोडिएको समाधान खोज्ने नेता हुन्।

नेकपा (एमाले) को नीति, कार्यक्रम र विचारलाई स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म जोडेर लैजाने क्षमतामा सन्दन थापा मगर स्पष्ट देखिन्छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई उनी केवल भाषणको वाक्य होइन, स्थानीय कार्ययोजना मा उतार्ने संकल्प बोकेका छन्। शिक्षा क्षेत्रमा गुणस्तर सुधार, सरकारी विद्यालयमा विश्वास फर्काउने पहल, स्वास्थ्यमा पहुँच र सेवा विस्तार, तथा खानेपानीजस्तो आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्नु ।यी सबै उनका प्रतिबद्धता हुन्। विकास केवल संरचना होइन, मानिसको जीवन सहज बनाउने प्रक्रिया हो भन्ने बुझाइ उनको राजनीतिक विशेषता हो।

सन्दनको बलियो पक्ष भनेको उनी केवल ‘नेता’ मात्र होइनन्, समाजसेवीको भूमिकामा लामो समयदेखि परीक्षण भइसकेका पात्र हुन्। युवाक्लब, धार्मिक–सांस्कृतिक संस्था, सामाजिक स्मृति र स्थानीय पहिचान संरक्षणमा उनको निरन्तर उपस्थितिले देखाउँछ,उनी चुनावका बेला मात्र देखिने नेता होइनन्। मानिसको सानोदेखि ठूलो दुःख बुझ्ने, संकटमा साथ दिने र समाजलाई जोडेर राख्ने गुण नै उनलाई येस क्षेत्रका अरुको भन्दा फरक र बलियो बनाउने आधार हो।

आज ललितपुर–३ लाई भावनामा बग्ने होइन, विवेकले रोज्ने नेतृत्व चाहिएको छ। आयातित लोकप्रियता होइन, स्थानीय भरोसा चाहिएको छ। सन्दन थापा मगर त्यही भरोसाको नाम हो। नेकपा (एमाले) को अनुशासित राजनीति, राष्ट्रिय आकांक्षा र स्थानीय आवश्यकतालाई जोड्न सक्ने क्षमता उनमा छ। त्यसैले यो निर्वाचन केवल उम्मेदवारको जित–हार होइन, स्थायित्व, विकास र विश्वासको निर्णय हो।

ललितपुर–३ का मतदाताले आफ्नै समाजबाट उठेको, आफ्नो पीडा बुझ्ने र राष्ट्र निर्माणको स्पष्ट संकल्प बोकेको नेतृत्व हो भनेर सबैको रोजाइमा परेका छ्न ।त्यस्कारण सालिन ,मिठो बोलिबचन ,जनताका भरोसा समाजसेबि सन्दन थापा मगर येस निर्वाचन क्षेत्रका बलिया नेता हुन।

(लेखक नेपाल कम्युनिष्ट पार्टिको केन्द्रिय सदस्य हुनु हुन्छ ।)

सम्बन्धित समाचार

सबै