प्रधानमन्त्री भारत भ्रमणमा जाने

31 Shares

प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुक भारतको भ्रमण गर्ने भएका छन्  । प्रधानमन्त्रीमा नियुक्त भए पछि विदेशको पहिलो भ्रमण भारतबाट सुरु गर्नुहुने भएको परराष्ट्र मन्त्रालयले प्रस्ट पारेको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँगको अन्तरक्रियाका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी सुरु भएको जानकारी दिए ।

उनका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालमार्फत भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो आएको हो । उनले भने , “भ्रमण हुने पक्का हो, अहिले सुरुवाती चरणको तयारी मात्र सुरु भएको हो, कहिले र कसरी हुने भन्ने विषयको पूर्ण टुङ्गो लागेपछि मन्त्रालयले सार्वजनिक गर्ने छ ।” नेपाल वा छिमेकी मुलुकमा सरकार परिवर्तन भएपछि पहिलो भ्रमण छिमेकीलाई प्राथमिकता दिने परम्परागत कूटनीतिक चलन रही आएको छ । भारतको विदेश नीतिले पनि छिमेकीलाई पहिलो प्राथमिकता भने प्रस्ट उल्लेख गरेको छ । जस अनुसार भारतका प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक नेपालको लुम्बिनीको भ्रमण गरेका थिए । नेपालमा नवनियुक्त प्रधानमन्त्रीले पनि छिमेकी मुलुक भारत वा चीनको पहिलो भ्रमण गर्दै आएको विगतको परम्परा छ ।

तिस हजारभन्दा बढी नेपाली घर फर्के

पत्रकार सम्मेलनमा उनले पश्चिम एसियामा द्वन्द्वको असर तत्कालका लागि रोकिएको भए पनि अवस्था संवेदनशील नै रहेकाले वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरूको सुरक्षामा मन्त्रालयले उच्च चासोका साथ काम गरिरहेको जानकारी दिए  । पश्चिम एसियामा दिगो शान्तिका लागि नेपालले आफ्नोतर्फबाट गर्नुपर्ने कूटनीतिक पहल जारी राखेको प्रवक्ता क्षेत्रीले जानकारी दिए  ।

इरानी सेनाले पक्राउ गरेका उदयपुरका अमृत झाको रिहाइको पूर्ण प्रव्रिmया सकिन बाँकी रहेकाले अदालती प्रक्रिया जारी रहेको जानकारी उनले दिए । युद्ध सुरु हुनुअघि नै झासहित सात जना पक्राउ परेका थिए । चार जना रिहाइको पूर्ण प्रव्रिmया सकिएसँगै मुक्त हुनुभएको छ भने झासहित तीन जनाको प्रक्रिया भने केही लम्बिएको हो । उडानका लागि आकाश खुलेसँगै श्रम गन्तव्यमा जानका लागि सबै प्रकारका श्रमस्वीकृति खुला गरिएको पश्चिम एसिया, मध्य एसिया तथा अफ्रिकी महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए  ।

सम्बन्धित समाचार

सबै