उपभोक्ता समितिसंग सम्बन्धित जारी सम्पूर्ण पत्र रद्द

34 Shares

पर्यटन विकास कार्यालय रौतहटले आर्थिक बर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत योजना संचालनको लागि यस कार्यालयबाट बिगतमा बिभिन्न उपभोक्ता समितिसंग सम्बन्धित जारी गरिएका सम्पूर्ण पत्र रद्द गरेको छ । पर्यटन विकास कार्यालय रौतहटका कार्यालय प्रमुख बबिता जैसवालका अनुसार यस कार्यालयबाट यस अघि जारी गरिएका पत्रहरु प्रशासनिक तथा प्राबिधिक कारण बश रद्द गरिएको हो ।
पर्यटन विकास कार्यालय रौतहटमा यस अघि रहनु भएका निमित कार्यालय प्रमुख राजेश काफ्ले र कमलेश कुमार मिश्रले जारी गरेका पत्रहरु रद्द भएको छ ।
यस अघि जारी गरिएका पत्रहरु मान्य नहुने भएकोले सो सम्बन्धमा कुनै पनि कार्य नगर्न नगराउन कार्यालयले अनुरोध गरेको छ ।
आबश्यक परेमा नयाँ प्रक्रिया अनुसार पत्र जारी हुने कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस अघिका निमित कार्यालय प्रमुखहरुले प्रक्रिया बिना नै हचुवाको भरमा आफ्ना आसेपासेलाई उपभोक्ता समितिसंग सम्बन्धित पत्र बाडेका थिए ।
कार्यालय प्रमुख जैसवाल हाजिर भएको दुइ दिन नबित्दै यस अघिका दुवै निमित कार्यालय प्रमुखहरुले हस्ताक्षर गरेका पत्रहरु लिएर बिभिन्न व्यक्तिहरु कार्यालय धाउन लागेका थिए ।
एउटै योजनाको लागि दुवै निमित कार्यालय प्रमुखले छुटाछुटै व्यक्तिलाई पत्र बाडेका थिए ।
दुवै निमित कार्यालय प्रमुखले सरुवा भइ सके पछि पुरानो मितिमा बाडेका पत्र कार्यान्वयन नगरी स्वच्छ र पारदर्शी तरिकाले शुरु गर्न चौतर्फी रुपमा जनस्तरबाट आवाज उठन थालेको थियो ।
बिभिन्न योजनाको टेण्डर गरिएको सम्बन्धमा सार्वजनिक खरिद ऐनको पालना गर्दै प्रक्रियागत भए टेन्डर रद्द नहुने कार्यालय प्रमुखले जैसवालले बताए ।
बिगतमा भएका बेथितिलाइ अन्त्य गर्दै प्रक्रिया संगत कार्य थालनीको लागि कार्यालय प्रमुख जैसवालले चाल्नु भएको कदम प्रसंशनीय रहेको स्थानीयको भनाइ रहेको छ ।

 

 

सम्बन्धित समाचार

सबै