चर्को आवाज निकाल्ने तीन मोटरसाइकल नियन्त्रणमा

23 Shares

जिल्ला प्रहरी कार्यालय रौतहटले चर्काे आवाजमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गर्ने तीन मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउँदै सञ्चालनमा रहेका मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय गौरमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका क्षेत्रभित्र गस्ती गर्ने क्रममा विभिन्न चोक, बजार तथा हाट क्षेत्रबाट तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बस्यालका अनुसार मोटरसाइकलमा धुवा फाल्ने सलेन्सर, भाइजर, सकर, सिट, लेगार्डलगायतका पार्टपुर्जा परिवर्तन गरी ठूलो आवाज निकाल्ने बनाइएको थियो ।
स्वरूप परिवर्तन गरिएका सवारीसाधनले ध्वनि प्रदूषण फैलाउनुका साथै सडकमा हिँडडुल गर्ने सर्वसाधारणलाई असुविधा पुगेको प्रहरीले जानकारी दिएको छ ।
भारतीय नं. बि.आर.०६ डि.जे.९९३५ नं.को यामाहा, बि.आर.०६डि.सि.८३९८ नं.को एमटी–१५ र ना ४१ प ४८७३ नं.को एफजेड मोटरसाइकल नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । ।

सम्बन्धित समाचार

सबै