रौतहटमा एक जनाको उम्मेदवारी फिर्ता

67 Shares

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाले उमेदवारी फिर्ता लिएका छन् ।
रौतहट क्षेत्र नं. ३ मा स्वतन्त्रबाट उमेदवारी दिएका अमिन्द्र राय यादवले उमेदवारी फिर्ता लिनुभएको छ । प्रतिनिधि सभा सदस्य रौतहट निर्वाचन क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार हुन् मनोयनपत्र दर्ता गराउनु भएका यादवले नाम फिर्ता लिनका लागि निबेदन दिनु भएको हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा ४ बमोजिम स्वतन्त्र उम्मेदवार रायको नाम उम्मेदवारको सूचीबाट हटाइएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ का निवार्चन अधिकृत अबधकिशोर प्रसाद कुशवाहाले जानकारी दिनुभयो । रौतहट क्षेत्र नं. ३ मा २५ जना स्वतन्त्र गरेर ४१ जनाले उम्मेदवारी दर्ता गराएको थियो । रौतहटका अन्य तीन वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता भएको छैन ।
रौतहट क्षेत्र नं. १ मा २० जना स्वतन्त्र गरेर ३९ जनाको नाम उम्मेदवारको अन्तिम नामावलीमा कायम रहेको छ । रौतहट क्षेत्र नं. २ मा १२ जना स्वतन्त्र गरेर २६ जनाको नाम उम्मेदवारको अन्तिम नामावलीमा कायम रहेको छ । रौतहट क्षेत्र नं. ४ मा २० जना स्वतन्त्र गरेर ३७ जनाको नाम उम्मेदवारको अन्तिम नामावलीमा कायम रहेको छ ।
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ बमोजिम उम्मेदवारको अन्तिम नामावलीमा कायम रहेका उम्मेदवारहरुलाई मतदान प्रयोजनको लागि शुक्रवार निर्वाचन चिन्ह प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशले जानकारी दिनु भयो ।

 

 

सम्बन्धित समाचार

सबै