रौतहट र सर्लाही गरि दुइ जिल्लाको पर्यटकीय प्रबर्धन गर्ने उद्देश्यले मधेश प्रदेश सरकार द्वारा रौतहटमा स्थापित पर्यटन विकाश कार्यालयको आर्थिक बर्ष २०८२ /०८३ मा हाल सम्मको पुजिंगत खर्च शुन्य रहेको छ । पर्यटन विकाश कार्यालय रौतहटका कार्यालय प्रमुख राजेश काफ्लेका अनुसार कार्यालयको कुल बजेट ७८ करोड ६० लाख रहेको छ भने हाल सम्म ६६ लाख ११ हजार मात्र खर्च भएको छ ।
आर्थिक वर्ष समाप्त हुन् तीन महिना मात्र बाँकी रहदा योजना संचालन हुन् नसक्दा बजेट फ्रीज हुने सम्भावना बढेको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय चन्द्रनिगाहपुरले कार्यालयका लेखापालका रुपमा अरविन्द कुमार यादवलाइ चैत महिनामा आएर खटाएको छ। लेखापाल यादव हाजिर भएर खाता संचालनको लागि कार्यालय प्रमुख काफ्लेको हस्ताक्षर सहित नमुना दस्तखत कार्ड पठाए पनि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले खाता संचालन नगरिदिदा कर्मचारीले तलब समेत खान पाएको छैन ।