माधवनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

23 Shares

रौतहटको माधवनारायण नगरपालिकाले स्थापनाको ८ वर्षपछि नयाँ प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ । नवनिर्मित प्रशासनिक भवनको नगर प्रमुख बैजनाथ प्रसाद यादवले उद्घाटन गरेका छन् ।
नगर प्रमुख यादवले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निर्वाचनको समयमा जनतासँग गरिएको प्रतिबद्धता अनुरूप प्रशासकीय भवन निर्माण गरिएको बताउनु भयो नागरिकको काम छिटोछरितो र झन्झटरहित बनाउन भौतिक पूर्वाधारको पनि योगदान रहने भएकाले आफु निर्वाचित भए देखि नै आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको प्रक्रिया थालेको बताए । सेवाग्राहीले नयाँ प्रशासनिक भवन बाट छिटो छरितो र सहज रुपमा सेवा पाउने बिश्वास आफुले लिएको उनले बताए । अझै पनि कतिपय पालिकाको प्रशासनिक भवन नरहेको बताउनुहुँदै नगर प्रमुख यादवले यहाँका जनताको सहयोग तथा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि एबम कर्मचारीको सहयोगमा पालिकाले आफ्नै प्रशासनिक भवन पाएको बताएका छन् ।
उदघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मीले नयाँ भवनबाट जनताले परिवर्तनको अनुभूति हुने गरि कार्य गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
जन भावना अनुसार प्रचलित नियम कानुनको पूर्ण पालना गर्दै द्रुत रुपमा सेवा प्रवाहमा जोड दिन कर्मचारीहरुलाइ निर्देशन दिंदै प्रमुख प्रशासकीय अधिकृत रेग्मीले प्रविधिको उच्चतम प्रयोग गरेर नतिजामुखी कार्य गर्न जोड दिए ।
संघिय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत साझेदारीमा निर्माण सम्पन्न भवन बालबालिका मैत्री देखि बृद्धबृद्धा मैत्री बनाइएको नगरपालिकाका बरिष्ठ इन्जिनियर नागेन्द्र राय यादवले बताउनु भयो शारीरिक रुपले अशक्त, बृद्ध ,फरक क्षमता भएका व्यक्ति समेतले नगरपालिकाबाट सहज रुपमा सेवा लिउन भन्ने ऊदेश्यले लिफ्टसहितको साढे तीन तले भवन निर्माण गरिएको उनले जानकारी दिए ।
प्रशासकीय भवनको कूल लागत एघार करोड ८८ लाख ९२ हजार २९४ रुपियाँ ६३ पैसा रहेको छ ।
प्रशासकीय भवन निर्माणको लागि २०८० कार्तिक १९ गतेमा चण्डी श्री राम जेभी नुवाकोटले नगरपालिकासँग सम्झौता गरेको थियो ।
नगरपालिकाको आफ्नै प्रशासकीय भवन नहुँदा जनताले बिभिन्न कारण सेवा प्रवाहमा सास्ती खेप्नु परेका कारण प्रशासकीय भवन निर्माणको लागि नगर प्रमुख यादवले करिव १ करोड मूल्य बरावरको पांच कट्ठा जग्गा निःशुल्क रुपमा नगरपालिकालाई दान गरेका थिए ।

सम्बन्धित समाचार

सबै