20
Shares
रौतहट जिल्ला अदालतका डिठ्ठा लव कुमार सिंह घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले करारमा कार्यरत सिंहलाई मंगलबार दिउँसो पचास हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक राजिव श्रेष्ठको कमाण्डमा खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।
घटनाको स्थलगत मुचुल्का उठाउने एवं पक्राउ परेका सिंहसंग बयान गराउने कार्य अख्तियारको टोलीले गरिरहेको गौर नगरपालिका–१ का वडाध्यक्ष लालबाबु चौधरीले बताए ।