गजल

548 Shares

डा. टीका ढकाल

देश रोएको बेला,बाँचि म कसरी हासु
बर्बर घटनाको साचि म कसरी हासु ।

रगतले लतपतिएर बनेको छ रणभुमि
त्यो तस्वीर बिर्सेर ,नाचि म कसरी हासु ।

जनताको सपना च्यातिएर धोजा भयो
त्यसैमा हस्ताक्षर ,गासि म कसरी आसु ।

शहीदका छायाँहरू आज पनि बोल्छन्,
उनकै बलिदान ,मासि म कसरी हासु।

भ्रष्ट हातमा झुकेर देश बेचिन खोज्दा,
इमानको पर्खाल, नाघि म कसरी हासु।

देशलाई बचाउने शपथ छ मुटुमा मेरो,
रगत माटो सिरमा, टाँसी म कसरी हासु ।

(गजल लेखक ढकाल नेपाल बौद्धिक परिषदको सचिव तथा प्रचार बिभाग प्रमुख हुनुहुन्छ)

सम्बन्धित समाचार

सबै