बरिष्ठ कर्मचारीको नाममा खाता संचालन गर्न कोलेनिकाको निर्देशन

12 Shares

कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले अब उपरान्त स्थानिय तहमा बरिष्ठ लेखाका कर्मचारीबाट मात्र खाता संचालन हुने बताएको छ ।
कार्यालयले मंगलबार यहाँ स्थित गौर नगरपालिकालाइ पत्राचार गर्दै कार्यालयमा रहनु भएका लेखा अधिकृत सातौँ तहका सोहन कुमार यादवका नाममा खाता संचालन हुनु पर्ने जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका कोष नियन्त्रक धर्मेन्द्र कुमार यादवका अनुसार गौर नगरपालिकामा लेखा अधिकृत सातौँ तहमा कार्यरत सोहन कुमार यादवले विगत लामो समय देखि मलाई कुनै किसिमको जिम्मेवारी नदिई जिम्मेवारी विहिन पारिएको तथा पदिय कार्यविवरण अनुसारको कार्य गर्न प्रचलित कानुन बमोजिम योग्य समेत रहेको हुँदा पदिय जिम्मेवारी अनुसारको कार्य विवरणमा उल्लेखित कामकाजमा खटाउन सहजिकरण गरी दिन हुन निबेदन दिनु भएकोले सोको कार्यान्वयनको लागि गौर नगरपालिका कार्यालयलाई पत्राचार गरिएको बताए ।
लेखा समूहका सबैभन्दा वरिष्ठ कर्मचारीबाट खाता संचालन गराउने सम्बन्धी राय महालेखा नियन्त्रक कार्यालयले समेत उपलब्ध गराइएकोले त्यसको बिपरित अबको दिनमा खाता संचालन नहुने उहाँले प्रष्ट पारे ।
बिगतका दिनमा भएका बेथिति, अनियमिततालाइ उदाहरण बनाएर अबको दिनमा समेत त्यसो गर्न खोजे त्यो सम्भव नरहेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।
कार्यालयका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमका अनुसार सुशासन कायम,पारदर्शिता कायम तथा बेथिति हटाउनमा बर्तमान सरकार सक्रिय भएर लागेकोले त्यसको पूर्ण रुपमा अनुशरण गरिने बताएका छन् । बिगतका दिनमा गौर नगरपालिकाको खाता संचालन लेखा अधिकृत छैठौंबाट भएको उनले बताए । बिगतमा यस कार्यालयबाट कनिष्ठ लेखाको कर्मचारीबाट खाता संचालन हुँदा बरिष्ठ कर्मचारीले आफु अन्यायमा परेको या आफ्नो नाममा संचालन हुनु पर्ने खाता कनिष्ठ कर्मचारीको नाममा संचलान भएको भनि निबेदन नआएको उनले भने । अब निबेदन आएको छ ,सरकारको उद्देश्य,निर्देशन बिपरित कुनै दवाव या अन्य कुनै पनि कारण नियम बिपरितका कार्य नहुने प्रमुख कोष नियन्त्रक गौतमले भने । गौर नगरपालिकामा सातौं तहको लेखा अधिकृत हुँदा हुँदै पनि निजलाई आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मेवारी नदिई अर्काबाट खाता संचालन गरिएको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौं अन्तर्गत रहेको हेलो सरकारमा उजुरी समेत परेको उनले बताए ।

सम्बन्धित समाचार

सबै