लेखापढी व्यवसायीलाइ तत्काल रिहाइको माग गर्दै प्रजिअलाई ज्ञापनपत्र

13 Shares

रौतहटबाट पांच जना लेखापढी व्यवसायीलाई प्रहरीले बिना प्रमाण नियन्त्रणमा लिएर थुनामा राखेको भन्दै लेखापढी व्यवसायीहरुले रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाइ ज्ञापन पत्र बुझाएका छन् । रौतहटमा कार्यरत रहेका लेखापढी व्यवसायीहरूमाथि राज्य पक्षबाट बल प्रयोग गरी बिना प्रमाण पक्राउ गरिएको भन्दै रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारि भुषाललाइ बिहिबार ज्ञापन पत्र बुझाइएको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन चन्द्रपुर इकाइका अध्यक्ष दीपनारायण चौधरीले बताए ।
उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै लेखापढी व्यवसायीहरूले पक्राउ परेकाहरूलाई बिना सर्त यथाशीघ्र रिहा गर्न र आगामी दिनमा समेत यस प्रकार घटना दोहिरिन नदिन स्थानिय प्रशासनसँग माग गरेका छन् । आफुहरु आधिकारिक रूपमा लाइसेन्स प्राप्त गरी मालपोत कार्यालय मार्फत भू–सेवा केन्द्र सञ्चालन गर्दै आएको लेखापढी व्यवसायीहरुको भनाइ रहेको छ ।
सेवाग्राहीहरूको कामकाजमा सहजीकरण गर्दै आएको अवस्थामा बिना प्रमाण गरिएको कारबाहीले पेशा माथि नै अन्याय भएको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन गौरका अध्यक्ष हरिनारायण साहले गुनासो पोखे । राज्य पक्षबाट प्रयोग गरिएका केही शब्दावली र व्यवहारले व्यवसायीहरूको प्रतिष्ठामा आँच पुर्याएको भन्दै उहाँले कडा आपत्ति समेत जनाएका छन् ।
पेशागत मर्यादामाथि प्रहार हुने गरी गरिएको व्यवहार अस्वीकार्य रहेको तथा यस विषयमा गरुडा , मौलापुर तथा चन्द्रपुरमा रहेको नेपाल लेखापढी कानुन व्यवसायी इकाइ समितिका पदाधिकारीसंग बैठक बसेर आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारिलाइ बुझाइएको ज्ञापन पत्रमा सम्बन्धित निकायसँग समन्वय गरी समस्याको छिटो समाधान गर्न आग्रह गरिएको उनले बताए ।
ज्ञापन पत्र लेखापढी व्यवसायी एसोसिएशन गौर तथा इकाइ समितिहरु चन्द्रपुर , गरुडा र मौलापुरका प्रतिनिधिहरूको उपस्थितिमा बुझाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायवसुव्वा राम नरेश साहले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सबै