उत्कृष्ट बन कर्मचारी पुरस्कृत

90 Shares

रौतहट/भदौ १० गते
मधेश प्रदेश सरकारका बन तथा बाताबारण मंत्री संजय कुमार यादवले डिभिजन बन कार्यालय रौतहटका कार्यरत रहनु भएका कर्मचारी मध्ये उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्नु भएको छ ।
रौतहट स्थित डिभिजन वन कार्यालयको आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका बन तथा बाताबरण मन्त्री यादवले उत्कृष्ट कर्मचारी ,सामुदायिक बन,साझेदारी बन र निजि वनकर्मीलाई पुरस्कृत गर्नु भएको हो । बिभिन्न १० विधामा ३० जनालाई पुरस्कृत गरिएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा डिभिजन बन कार्यालयको बिभिन्न जिम्मेवारीमा रहेर उत्कृष्ट काम गर्ने कर्मचारी र वन संरक्षण तथा वातावरण जोगाउनमा योगदान पुर्याउने सामुदायिक तथा साझेदारी बन र वृक्षारोपण एबम भावी योजनाको आधारमा निजी वनका धनीलाई मूल्याङ्कन गरी पुरस्कृत गरिएको डिभिजन बन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले बताउनुभयो । बन अधिकृत तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कारबाट पुरस्कृत हुनेमा क्रमश सुवाष प्रसाद साह,अनिल कुमार महतो र बिनोद जेठारा, रेञ्जर तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कारबाट पुरस्कृत हुनेमा क्रमश बिकास लामिछाने,लक्ष्मी कर्ण र तेज नारायण साह रौनियार,फरेस्टर तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कारबाट पुरस्कृत हुनेमा क्रमश सहेंद्र झा,रबिन्द्र प्रसाद कुशवाहा र जय प्रकाश साह रहनु भएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ त्यस्तै जमदार रामपुकार साह प्रथम ,जमदार महावीर चौधरी द्वितीय र सशस्त्र बन रक्षक शिव कार्की तृतीय ,बन रक्षक तर्फ पूर्ण बहादुर माझि,किशन कुमार साह र बिनोद कुशवाहा क्रमशः प्रथम द्वितीय र तृतीय पुरस्कारबाट साथै कार्यालय सहयोगी तर्फ चन्द्र बहादुर मगराती,चन्द्र बहादुर खडका र सुनिता रिमाल क्रमशः प्रथम द्वितीय र तृतीय पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । हलुका सवारी चालक तर्फ सुरेन्द्र राय यादव,शंकर यादव र राकेश कुमार यादव क्रमशः प्रथम द्वितीय र तृतीय पुरस्कारबाट पुरस्कृत हुनु भएको डिभिजन बन कार्यालय रौतहटका बन अधिकृत शेर बहादुर बुढाले जानकारी दिनु भयो ।
यस्तै सामुदायिक वन तर्फ सखुवानी सामुदायिक बन प्रथम ,भोर्लेनी सामुदायिक बन द्वितीय तथा नमस्ते सामुदायिक बन तृतीय ,साझेदारी बन तर्फ रामलाल वृन्दावन साझेदारी बन प्रथम,रंगपुर साझेदारी बन द्वितीय तथा जंगलसहिया साझेदारी बन तृतीय भएको छ ।
निजी वनकर्मी अर्थात् वनका धनीहरु तर्फ चन्द्रपुर–४ का बन धनि लोकनाथ पहाडि प्रथम,चन्द्रपुर–८ का तुलसी राज गिरि द्वितीय र फतुवा विजयपुर–४ का उपेन्द्र साह कलवार तृतीय भएको बन अधिकृत बुढाले बताउनु भयो ।
प्रथम हुनेलाई ३ हजार ५ सय रुपैया र प्रमाण पत्र , द्वितीय लाइ २ हजार ५ सय रुपैया र प्रमाण पत्र एबम तृतीयलाइ १ हजार ५ सय रुपैंया र प्रमाण पत्रले सम्मानित गरिएको डिभिजन बन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत साहले बताउनुभयो ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै मधेश प्रदेशका बन तथा बाताबरण मन्त्री संजय कुमार यादवले बनको संरक्षण,सम्बर्धनमा सवैले लाग्नु पर्नेमा जोड दिनु भयो ।
बनलाई अतिक्रमण मुक्त बनाउन अपरिहार्य रहेको बताउनु हुँदै बन मन्त्री यादवले पछिल्लो दिनमा डिभिजन बन कार्यालय रौतहटले काठ चोरी निकासी रोक्नको लागि गरेको प्रयासहरु सराहनीय रहेको बताउनु भयो ।
फोटो क्याप्सन – उत्कृष्ट कर्मचारीलाइ पुरस्कृत गर्नु हुँदै मधेश प्रदेश सरकारका बन तथा बाताबरण मन्त्री संजय कुमार यादव ।
फोटो – प्रवीण कुमार शर्मा

सम्बन्धित समाचार

सबै