नेपालको राजनीतिमा रङ्गहरूको खेल: कहिले कालो, कहिले खैरो

262 Shares

युरोपेली युनियनले नेपाललाई उडान सुरक्षाको कालोसूचीमा राख्दा पनि हाम्रोमा राता, पहेँला, हरिया, सेता र नीलाहरूको रौनक थियो। अहिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण खैरो सूचीमा पर्दा पनि हाम्रो खान्दानी रङ्ग हराएको छैन। सत्ता र प्रतिपक्षमा बाँडिएका नेताहरू मात्रै होइन, हामी नागरिक पनि थरीथरी रङ्गमा रङ्गिएका छौँ।

राजनीतिक दलहरूको झण्डामा प्रयोग भएका रङ्गहरू उनीहरूको प्राथमिकता र सोच दर्शाउँछन्। काङ्ग्रेसलाई रातो, सेतो र हरियो मन पर्छ भने एमाले रातो र सेतोमै सीमित छ। माओवादीलाई रातोबाहेक अरू कुनै रङ्ग मन पर्दैन। मधेशी दलहरू रातो र हरियो मन पराउँछन् भने रास्वपाले सेतो र नीलो रोजेको छ।

रङ्ग विज्ञानअनुसार रातो, नीलो र हरियो आधारभूत रङ्ग हुन्। यी मिसिएर खैरो वा गाढा कालो बन्छ। राजनीति पनि यस्तै भएको छ— विभिन्न दलहरूको मिश्रणले कहिले खैरो देखिएको छ, कहिले कालो। देशलाई चहकिलो बनाउन सेतोको आवश्यकता हुन्छ, तर यहाँ अँध्यारो मात्रै बढिरहेको छ।

अब देखेको कुरा लेखौँ भने अनुहारमा कालोमोसो दल्नेहरूको डर, नलेखौँ भने विवेकले धिक्कार्ने अवस्था छ। त्यसैले, तपाईं आफैँ बुझ्नुहोस्— मैले किन लेख्न मन लागेर पनि लेख्न आँट नगरेको हुँ!

सम्बन्धित समाचार

सबै