मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

125 Shares

रौतहट /रौतहटमा आइतवार बिहान भएको मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक यमुनामाइ गाउँपालिका –४ सरुअठा रौतहटका २४ बर्षीय जितेन्द्र साह र पछाडि सवार उनको श्रीमती २२ बर्षीय पूनम देवी साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आइतवार बिहान ०५ः३० बजेको समयमा दुर्गाभगवती –४ स्थित गौर गंगापिपरा सडक खण्डमा झाझपुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुवै जना घाइते हुनु भएको थियो । घाईते दुवै जनालाई उपचारको लागी प्रादेशिक अस्पताल गौरमा पठाईऐको थियो ।
उपचारको क्रममा दुबैलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले बताए । गंगापिपराबाट गौर तर्फ आउदै गरेको बिआर ३० यु १३७१ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सिसैको रुखमा ठोकीन गई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले जानकारी दिए ।
दुर्घटनाका कारण दुबैको टाउको,मुख र शरीरको अन्य भागमा गम्भीर रुपमा चोट लागेको थियो ।

 

सम्बन्धित समाचार

सबै