गोरखापत्रकर्मी मिश्र घाइते

88 Shares

रौतहट, माघ २२ गते
गोरखापत्र दैनिकका गौर समाचारदाता संजय कुमार मिश्र मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएको छ । समाचार संकलनको क्रममा दुर्गाभगवती –३ मत्सरीबाट गौर आउने क्रममा मिश्र घाइते हुनु भएको नेपाल पत्रकार महासंघ रौतहटका सह—सचिव दिनेश यादवले जानकारी दिनु भयो । बुधबार दिउँसो गौर –गंगापिपरा सडक खण्डको कछुअवा पूलमा एक जनासंग कुरा गर्दै गरेको अवस्थामा तिव्र गतिमा रहेको नम्बर नखुलेको मोटरसाइकलले पछाडिबाट ठक्कर दिंदा मिश्र घाइते हुनु भएको हो ।
दुर्घटनामा परेर मिश्रको टाउको,छाती तथा खुट्टामा चोट लागेको छ । प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि मिश्र घर फर्कनु भएको र केहि दिन घरमै आराम गर्न डाक्टरले सुझाव दिएको नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

सबै