
जिल्ला प्रशासन कार्यालय रौतहटले सम्भाव्य भारि बर्षाका कारण हुन् सक्ने क्षतिलाई न्यूनीकरण गर्न सवै स्थानिय तह, रेडक्रस सोसाइटि रौतहट, विपदको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाले विपद पुर्व तयारि गर्ने तथा प्रतिकार्यको लागि तयारि अबस्थामा रहन अनुरोध गरेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले रास्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति २०८२ असोज १५ गतेको पत्रको निद्र्रेशन अनुसार असोज १७ गते देखि असोज २० गते सम्म रौतहट जिल्लामा भारि बर्षाको सम्भावना रहेको हुँदा मनसुन जन्य बिपदका घटना घटन सक्ने भएकोले सरोकारवाला सवैमा आवस्यक सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ ।
उहाँले बिपद आइ परेको अबस्थामा आवस्यक पर्ने उद्धारका सामग्री सम्बद्ध सबै निकायले तयारि अबस्थामा राख्न, सुरक्षा निकाय र आम संचारका माध्यम मार्फत आम नागरिकलाई सतर्कता अपनाउन जानकारी गराउने तथा स्थानिय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउंदै जिल्ला विपद व्यवस्थापन समितिक क्लस्टर लिड र क्लस्टर को–लिडले स्वीकृत प्रतिकार्य योजना अनुरुप तयारि अबस्थामा रहन अनुरोध गर्नु भएको छ ।
पुर्व पश्चिम राजमार्गको बागमती देखि धन्सार खोला सम्म रातको समयमा सवारी साधन चलाउँदा स्थानिय सुरक्षा निकायसंग समन्वय गरि सुरक्षा निकायको सल्लाह सुझाव बमोजिम गर्न तथा उच्च जोखिम क्षेत्र भित्र पर्ने सडकमा यात्रा नगर्न उहाँले अनुरोध गर्नु भएको छ ।
बाढीको उच्च जोखिम रहेका नदि किनार तथा डुबानमा पर्न सक्ने क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा सर्नको लागि समेत उहाँले आग्रह गर्नु भएको छ ।