एमाले मोरङ नेतृत्व चयनका लागि मतदान सुरु

231 Shares

विराटनगर – नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार (फागुन २१) बिहान ९:३० देखि मतदान सुरु गरिएको छ। निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी मतदान सुरू भएको हो।

इतर समूहका उपाध्यक्ष पदका उम्मेदवार सागर थापाले मतदाताहरू उत्साहका साथ मतदानमा सहभागी भइरहेको जानकारी दिए।

निर्वाचनबाट १६५ सदस्यीय नयाँ जिल्ला समिति चयन गरिनेछ, जसका लागि ९१४ मतदाता छन्। संस्थापन र इतर समूह प्यानल बनाएर प्रतिस्पर्धामा छन्।

५ पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला कमिटीका लागि ७१ सदस्य सर्वसम्मत चयन भइसकेका छन्। सुरुमा ३२५ जनाले मनोनयन दर्ता गराए पनि ६३ जनाले उमेदवारी फिर्ता लिएका छन्। अहिले चुनावी प्रतिस्पर्धामा १९१ जना छन्।

संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीले उम्मेदवारी दिएका छन्।

त्यस्तै, इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा उम्मेदवार छन्।

सम्बन्धित समाचार

सबै