49
Shares
बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी ठुलो मतान्तरसहित विजयी भएकी छिन । शनिबार राति सम्पन्न मतगणना अनुसार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरेकी छिन ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत ल्याएका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत र नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय झापा-१ ले जनाएको छ ।
निर्वाचित डाँगी यसअघि रास्वपाबाट कम उमेरकी समानुपातिक प्रतिनिधिसभा सदस्य को रुपमा रहेकी थिइन । यो नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र हो । अघिल्लो निर्वाचनमा शर्माले विजय हासिल गरेका थिए ।