काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ आयात घट्दा पनि राजस्व वृद्धि

355 Shares

झापा – चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थ आयातमा कमी आएको छ। गत आवमा आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो।

यद्यपि, मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आयात घटे पनि राजस्व बढेको छ। चालु आवको आठ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६ अर्ब १२ करोड ४२ लाख राजस्व संकलन भएको छ, जुन गत वर्षको तुलनामा ५.६ प्रतिशतले बढी हो। गत आवमा यो अवधिमा रु ५ अर्ब ८० करोड १८ लाख राजस्व संकलन भएको थियो।

सम्बन्धित समाचार

सबै