227
Shares
सिन्धुली — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा हिजो बेलुका परेको चट्याङले तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार घाइते हुनेहरूमा ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र ২৬ वर्षीया फुलमाया रुम्बा छन्।
गम्भीर घाइते सुकुमायालाई थप उपचारका लागि हेटौँडा पठाइएको छ भने सामान्य घाइते महन्त र फुलमायाको स्थानीय अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ।
सिन्धुलीमा हिजो बेलुका हावाहुरी र चट्याङसहित पानी परेको थियो।