रौतहट जिल्ला अदालतमा दरबन्दी अनुसार न्यायाधीश

40 Shares

रौतहट जिल्ला अदालतमा दरबन्दी अनुसारका न्यायाधीशले पुर्णता पाए पछि अदालतले पूर्ण रुपमा काम गर्ने अवस्था बनेको छ । दरबन्दी अनुसार न्यायाधीश नहुँदा अदालतले पर्याप्त मात्रामा मुद्दा फस्र्यौट गर्न सकेको थिएन । दरबन्दी अनुसार रिक्त न्यायाधीश आएपछि समयमै मुद्दा फस्र्याेट गर्न सहज हुनेछ ।
रौतहट जिल्ला अदालतमा कैलालीबाट सरुवा भइ आएका जिल्ला न्यायाधीश हरि सिंह धामीले कार्यभार सम्हाले संगै न्यायाधीशको संख्या सात पुगेको छ । रौतहट जिल्ला अदालतमा सात जना न्यायाधीशको दरबन्दी रहेको छ । दरबन्दी अनुसारको न्यायाधीश आएपछि अदालतले पूर्ण रुपमा काम गर्ने अवस्था बनेको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश बिमला रेग्मीको गएको माघ २१ गते काठमाण्डौ जिल्ला अदालतमा सरुवा भए पछि लामो समय देखि एउटा इजलाश बस्न सकेको थिएन ।
सरुवा भई आउनुभएका न्यायाधीश धामीलाई बिहिबार कर्मचारी मिलन केन्द्र रौतहटले स्वागत गरेको छ । रौतहट जिल्ला अदालतमा आयोजित एक कार्यक्रममा न्यायाधीश धामीलाई स्वागत तथा सम्मान गरिएको कर्मचारी मिलन केन्द्र रौतहटका अध्यक्ष देवनाथ यादवले बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा न्यायाधीश धामीको आगमनले जिल्लामा न्यायिक कार्यसम्पादन अझ प्रभावकारी, पारदर्शी तथा जनमुखी बन्ने बिश्वास कर्मचारे मिलन केन्द्र परिवारको रहेको अध्यक्ष यादवले बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा न्यायाधीश मनोज केसी,कर्मचारी मिलन केन्द्रका बरिष्ठ उपाध्यक्ष छोटेलाल दाश,उपाध्यक्ष तिल कुमारी ढकाल,महासचिव रंजय कुमार पटेल,कोषाध्यक्ष बिनय कुमार झा लगायतका सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

सबै