इलाका प्रहरी कार्यालय समनपुरको भवन शिलान्यास

41 Shares

रौतहटको गढिमाइ नगरपालिका वडा नं. १ मा रहेको इलाका प्रहरी कार्यालय समनपुरको भवन शिलान्यास गरिएको छ । नगरपालिकाका प्रमुख श्याम प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, वडा नं. १ का वडा अध्यक्ष रामपुकार यादव, वडा नं. २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक शंकर आचार्यले संयुक्त रुपमा इलाका प्रहरी कार्यालय समनपुरको भवनको शिलान्यास गरेका छन् ।
२०३४ सालमा स्थापित इलाका प्रहरी कार्यालय समनपुरको भवन पूर्ण रुपमा जिर्ण भएको र जिर्ण भवनबाट नै कार्यालय सञ्चालन हुँदै आएको छ । प्रहरी कार्यालयमा ९ जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय समनापुरका सइ इन्दिवर चौधरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयको भवन निर्माणको लागि गढिमाइ नगरपालिकाबाट बजेट व्यवस्थापन गरिएको नगर प्रमुख यादवले बताए । उनले रौतहटको पुरानो बजारको रूपमा रहेको समनपुरमा शान्ति सुरक्षा व्यवस्थापनका लागि सुबिधा सम्पन्न प्रहरी भवन अनिवार्य रहेको बताए ।
सिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले प्रहरी भवन निर्माणका लागि सबैको सहयोग अनिवार्य रहेको बताए ।सिलान्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
दुइ बर्षमा सम्पन्न हुने गरि निर्माण हुन् लागेको ४ कोठे भवन निर्माणको लागि आशिर्वाद निर्माण सेवा गौर –५ रौतहटले मु अ कर सहित ५० लाख ४६ हजार ५५८ रुपैया आठ पैसामा ठेक्का सकार गरेको गढिमाइ नगरपालिकाले जनाएको छ । इलाका प्रहरी कार्यालय भवनको निर्माण कार्य पूर्ण रुपमा गुणस्तरियता कायम राख्दै निर्माण हुने निर्माण कम्पनीका रुपेश झाले जानकारी दिए ।

 

 

 

सम्बन्धित समाचार

सबै