रुपन्देहीमा युवकको गोली हानी हत्या, अनुसन्धान जारी

319 Shares

बुटवल – रुपन्देहीको मायादेवी गाउँपालिका–२ चटहवामा एक युवकको गोली हानी हत्या भएको छ। २३ वर्षीय राकेश लोधको आफ्नै घरमा गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले जानकारी दिएका छन्।

उनलाई कसले गोली हानेको हो भन्ने खुलेको छैन। आज बिहान अज्ञात व्यक्तिले लोधलाई घरमै गोली हानेका हुन्। प्रहरीका अनुसार उनी घरको बरन्डामा मृत अवस्थामा फेला परेका थिए।

हाल घटनाको अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सबै