चमोलीमा हिमपहिरो: ४१ मजदूर अझै फसेका, १६ को उद्धार

288 Shares

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा बद्रीनाथ धामनजिक मानामा ठूलो हिमपहिरो गएको छ। उक्त हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ मजदूर फसेका थिए। हालसम्म १६ जनाको उद्धार गरी अस्पताल भर्ना गरिएको छ भने ४१ जना अझै फसेका छन्।

उद्धारका लागि सेना, आईटीबीपी, एनडीआरएफ र एसडीआरएफको टोली खटिएको छ। तर निरन्तर वर्षा र हिमपातका कारण हेलिकप्टर सेवा प्रयोग गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

पछिल्ला तीन दिनदेखि बद्रीनाथ धाम, हेमकुण्ड साहिब, भ्याली अफ फ्लावर्स, रुद्रनाथ, लाल माटी, नन्द घुङ्टी, औली, गोरसोन लगायतका क्षेत्रमा लगातार हिमपात भइरहेको छ, जसका कारण उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ।

सम्बन्धित समाचार

सबै