55
Shares

काठमाडौं – नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ। आज (शुक्रबार) बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो। उनले नेपालका पहिलो महिला न्यायाधीशको रूपमा सर्वोच्च अदालतमा सेवा गरेका थिए।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले पुष्टि गर्दै बताए कि शारदा श्रेष्ठको निधनका बारेमा औपचारिक जानकारी प्राप्त भएको छ। परिवारले उनको अन्त्येष्टी पशुपति आर्यघाटमा बेलुकी गर्ने जानकारी दिएका छन्।
श्रेष्ठ ३ बैशाख २०६१ मा सर्वोच्च अदालतका न्यायाधीश नियुक्त भएकी थिइन् र २० जेठ २०६५ मा अवकाश लिएका थिए। ललितपुरको महर्जन परिवारमा जन्मेकी शारदाले नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेर वकालत अभ्यास सुरु गरेकी थिइन्।