एनआरएनए पूर्व अध्यक्ष डा. शेष घलेले एकता महाधिवेशनमा सबैलाई सहभागिता जनाउन आह्वान

177 Shares

आयोजना हुने एकता महाधिवेशनमा संसारभरिका गैरआवासीय नेपालीहरूलाई सहभागी हुन आह्वान गरेका छन्। उनले संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न महाधिवेशनलाई ऐतिहासिक अवसरको रूपमा लिएको बताए।

घलेले उच्चस्तरीय समितिद्वारा आयोजित भर्चुअल अन्तरक्रियामा भने, “यो एनआरएनएको जग हाल्ने अवसर हो। हाम्रो संस्थालाई रुपान्तरण गर्ने अवसर हो। हामीले अधिवेशनबाट नयाँ विधान बनाउने छौं।”

उनले संस्थामा भएका सदस्यता र प्रतिनिधि छनोटका समस्या समाधान गर्न नयाँ विधानमा सुधारको आवश्यकता भएको बताएका छन्। घलेले एनआरएनएको केन्द्रीय सचिवालयको जिम्मेवारी उच्चस्तरीय समितिलाई बुझाउन आग्रह गर्दै, “अब कसैले पनि हामीलाई रोक्न सक्दैन,” भने।

उच्चस्तरीय समितिका सदस्यहरूले पनि एनआरएनए को एकता महाधिवेशनका लागि सबैलाई भाग लिन आह्वान गरेका छन् र सर्वोच्च अदालतको निर्णयअनुसार संघको केन्द्रीय सचिवालयलाई उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न अनुरोध गरेका छन्।

सम्बन्धित समाचार

सबै