त्रिशूली–छहरे–टोखा सडकखण्डमा बिहीबारदेखि ‘टाइम कार्ड’

218 Shares

काठमाडौं । त्रिशूली–छहरे–टोखा सडकखण्डमा बिहीबारदेखि ‘टाइम कार्ड’ लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सबै सार्वजनिक यातायातका साधनमा लागि टाइम कार्ड लागु गर्न लागिएको जनाएको छ ।

विस्तार हुँदै गएको सहरीकरण, बढ्दो सवारी चाप तथा सवारी दुर्घटनाबाट हुन सक्ने विपद् जोखिमलाई न्यूनीकरण गर्न ‘टाइम कार्ड’ लागु गर्न लागिएको प्रशासनले जनाएको छ ।

“…यात्रालाई सुरक्षित, विश्वसनीय, भरपर्दो र मर्यादित बनाउन ०८१ फागुन १२ गते सरोकारवालसहितको बैठकबाट भएको निर्णयअनुसार त्रिशूली–छहरे–टोखा काठमाडौं सडक खण्डमा सञ्चालन हुने सबै सार्वजनिक यातायातका साधनहरुका लागि ०८१ फागुन १५ गते बिहीबारदेखि लागू हुने गरी सवारी टाइम कार्ड लागु गरिएको छ,” जिल्ला प्रशासन कार्यालय नुवाकोटले भनेको छ ।

940x380-टाईमकार्ड_लागू-1740578879.jpg
 

सम्बन्धित समाचार

सबै