महाशिवरात्रिको अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा विशेष व्यवस्था

67 Shares

भक्तपुर। महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतका अनुसार, बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खोलिएका छन् र दर्शनार्थीले महादेवको शिलामा पूजा गर्न सुरु गरेका छन्।

महाशिवरात्रिको अवसरमा भक्तजनलाई पञ्चस्नान गर्ने व्यवस्था गरिएको छ। त्यस्तै, सुरक्षा र स्वास्थ्य सेवाका लागि सुरक्षाकर्मी र स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ। मन्दिर आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था पनि गरिएको जानकारी दिइएको छ।

डोलेश्वर मन्दिरमा आजका दिन एक लाख दर्शनार्थीले पूजा र दर्शन गर्ने अनुमान गरिएको छ।

यसैगरी, महाशिवरात्रिको अवसरमा प्रसिद्ध आशापुरीदेखि साँगाको कैलाशनाथ महादेव मन्दिरसम्म दर्शनार्थीको भीड लागेको छ।

सुर्यविनायक–१ सिरुटारको गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव लगायतका अन्य मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ।

सम्बन्धित समाचार

सबै