कांग्रेस स्थानीय तह समन्वय विभागमा दश सदस्य मनोनयन

299 Shares

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य मनोनयन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा पार्टी विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) अनुसार सोमबार दश सदस्य मनोनयन गरेका हुन् ।

मनोनयन भएका सदस्यहरूमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा. हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरुङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) रहेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मनोनयनबारे जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

सबै