ललितपुर महानगरद्वारा लगनखेलका अनधिकृत संरचना हटाइयो

44 Shares

काठमाडौं – ललितपुर महानगरपालिकाले आज (सोमबार) बिहान लगनखेलस्थित वडा कार्यालयको भवनसहितका १६ वटा सटरहरूमा डोजर चलाएको छ। महानगरले अनधिकृत संरचना हटाउने क्रममा धुलो नियन्त्रण गर्न पानीको प्रयोग गरेको छ।

डोजर चलाउने क्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन स्वयं उपस्थित थिए। महानगर प्रहरी बलका अनुसार, लगनखेलमा रहेको पोखरी बाहिरबाटै देखिने गरी संरचना निर्माण गर्ने उद्देश्यले ती संरचना हटाइएको हो।

यसअघि वडा कार्यालय र सटरहरूका कारण पोखरी छेकिने अवस्था थियो। अहिले उक्त क्षेत्रलाई खुला राखी सडकपेटीबाटै पोखरी देखिने गरी बार लगाउने तयारी गरिएको छ। वडा कार्यालय भने एक महिना अघि नै महालक्ष्मीस्थानस्थित नयाँ भवनमा सारिएको छ।

सम्बन्धित समाचार

सबै