जाजरकोटमा सात घण्टाको फरकमा दुई भूकम्प, क्षतिको विवरण छैन

358 Shares

जाजरकोट — जाजरकोटमा सात घण्टाको अन्तरालमा दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको पहिलो भूकम्प गए राति ९:३१ बजे ४.१ म्याग्निच्युटको थियो। दोस्रो भूकम्प आज बिहान ४:५३ बजे ४.४ म्याग्निच्युटको मापन गरिएको छ।

लगातार भूकम्प आए पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पछिल्ला दिनहरूमा पश्चिम नेपालमा ससाना भूकम्पहरू नियमित रूपमा महसुस भइरहेका छन्।

सम्बन्धित समाचार

सबै