पश्चिमी र स्थानीय वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

86 Shares

काठमाडौं — हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले विभिन्न प्रदेशमा बदली र हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

कोशी, मधेश प्रदेशसहित पहाडी भू–भागका थोरै स्थान र अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

रातिको समय पनि केही पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने पूर्वानुमान छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागले मेघगर्जन, चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै