रुसी आक्रमणमा युक्रेनको विश्वविद्यालय लक्षित, ३४ को ज्यान गयो, ११७ घाइते

247 Shares

काठमाडौं – युक्रेनको सुमी प्रान्तस्थित विश्वविद्यालयमा रुसी मिसाइल आक्रमण हुँदा ३४ जनाको ज्यान गएको छ भने ११७ जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार सुमी प्रान्तीय विश्वविद्यालय र यसको सभा हलमा स्कान्डर भेरिअन्ट ब्यालिस्टिक मिसाइल प्रहार गरिएको हो।

आक्रमणमा कम्तीमा दुई बालबालिकाले ज्यान गुमाएका छन् भने १५ बालबालिका घाइते भएको जनाइएको छ। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार यस वर्ष जन्मिएकी एक बालिका समेत घाइते भएकी छन्।

रुसी पक्षले आक्रमणबारे कुनै प्रतिक्रिया नजनाए पनि युक्रेनी पक्षले विश्वविद्यालय परिसरका २० वटा भवन पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेको छ। कांग्रेस हलमा बालबालिकाको तालीम र कक्षा सञ्चालन हुँदै आएको बताइएको छ।

राष्ट्रपति जेलेन्स्कीले रुसमाथि युद्ध चाहने प्रवृत्तिको आरोप लगाउँदै भने, “रुस कहिल्यै शान्ति चाहँदैन, उसले युद्धमै विश्वास गर्

सम्बन्धित समाचार

सबै