विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा गर्‍यो पुनरावेदन

227 Shares

काठमाडौं । विशेष अदालतको फैसलाले चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेको छ।

आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध विशेष अदालतबाट असार १८ गते भएको सफाइको फैसलामाथि पुनरावेदन गरेको हो। पाठकमाथि रु ३१ लाख ५९ हजार ७३५ बराबरको भ्रष्टाचारको आरोपसहित मुद्दा दायर गरिएको थियो।

त्यस्तै, आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर याव र सर्वेक्षक ठाकुरप्रसाद गुरौविरुद्धको फैसलामाथि पनि पुनरावेदन गरेको छ। उनीहरूले जग्गा नियमविपरीत कित्ता काटी गलत फाइल नक्सा तयार पारेको आरोप छ। आयोगका अनुसार यो कार्य भ्रष्टाचारजन्य गतिविधिमा पर्छ।

यस मुद्दामा विशेष अदालतले २०८० साल फागुन १७ गते फैसला गरेको थियो।

सम्बन्धित समाचार

सबै