म्यानमारमा घाइतेको उपचार गरी फर्किएको नेपाली सेनाको टोली सम्मानित

120 Shares

काठमाडौं । म्यानमारमा गएको विनाशकारी भूकम्पमा घाइते भएकाहरूको उपचार गरी स्वदेश फर्किएको नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ ।

आइतबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोक राज सिग्देलले उक्त टोलीका २३ जना रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका सदस्यलाई ‘प्रधानसेनापति प्रशंसा निसान’ प्रदान गरी सम्मान गरेका हुन् ।

नेपाल सरकारको निर्णयअनुसार सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र क्रु मेम्बरसहितको टोली चैत २० गते म्यानमार प्रस्थान गरेको थियो । म्याण्डलेस्थित यामथिन शहरमा स्वास्थ्य शिविर स्थापना गरेर टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाडजोर्नीसम्बन्धी उपचार र ९६५ जनालाई ओपीडी सेवा दिएको थियो ।

उक्त टोली चैत २९ गते स्वदेश फर्किएको हो ।

सम्बन्धित समाचार

सबै