कुवेतद्वारा नेपाललाई १७५ रनको लक्ष्य, रविजाको अर्धशतक

316 Shares

काठमाडौं — हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि कुवेतले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ। मङ्ककस्थित मिसन रोड क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो।

कुवेतले आक्रामक सुरुवात गर्दै ९ ओभरमै १०० रन पार गर्‍यो। उसले १० ओभरमा २ विकेटको क्षतिमा ११० रन बनाएको थियो। तर तेस्रो विकेटका रूपमा उस्मान पटेल आउट भएपछि कुवेतको रन गति केही सुस्ताएको थियो।

कुवेतका ओपनर रविजा सान्द्रारुवानले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले। अर्का ओपनर क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मित भवसारले १६, कप्तान मोहम्मद आस्लमले १३ तथा नवीनराज राजेन्द्रनले ८ रन बनाए।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिए। करण केसी र कुशल भुर्तेलले १–१ विकेट हात पारे। अब नेपाललाई उपाधिका लागि १७५ रन आवश्यक छ।

सम्बन्धित समाचार

सबै