नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित

165 Shares

काठमाडौं, चैत ३० – नेपाल वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनामा गुरूङले प्रतिस्पर्धी नरेश गेलालाई ६१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

गुरूङले ४२८ मत प्राप्त गर्दा गेलालले ३६७ मत पाए। नव निर्वाचित गुरूङ संघका पूर्व द्वितीय उपाध्यक्षसमेत हुन् भने उनी गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक पनि हुन्।

संघको नयाँ नेतृत्वमा सुजितकुमार श्रेष्ठ प्रथम उपाध्यक्ष, देवकुमार खोखाली द्वितीय उपाध्यक्ष र बैकुण्ठप्रसाद पौडेल तृतीय उपाध्यक्षमा निर्वाचित भएका छन्।

महासचिवमा महेशकुमार बस्नेत विजयी भएका छन्। उनले ४२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत ल्याए।

त्यसैगरी, कुन्छा दोर्जे डिमडुङ सचिव र धनमाया सिञ्जाली कोषाध्यक्षमा निर्वाचित भएका छन्।

सदस्यमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य निर्वाचित भएका छन्।

निर्वाचन परिणामबारे नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिएका हुन्।

सम्बन्धित समाचार

सबै