सांसद दीपक बोहराको निधनपछि रुपन्देही–३ मा प्रतिनिधिसभाको एक सिट रिक्त

331 Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनसँगै उक्त क्षेत्रको एक सिट रिक्त भएको जानकारी दिएका छन्।

सांसद बोहराको यही चैत १९ गते उपचारको क्रममा निधन भएको थियो।

नेपालको संविधानको धारा ८९ को खण्ड (च) अनुसार प्रतिनिधिसभा सदस्यको स्थान रिक्त भएको भन्दै संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम सूचना प्रकाशित गरिएको उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

सबै