काठमाडौं । सशस्त्र प्रहरी बलकी महिला इन्सपेक्टर सन्तोषी महत पोखरामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) ब्याचकी इन्सपेक्टर हुन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उनी ब्यारेकको महिला शौचालय नजिकै बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन्। घटनापछि उनको शव पोस्टमार्टमका लागि तयारी गरिएको छ।
२०७२ सालमा सशस्त्र प्रहरीमा सिपाहीका रूपमा भर्ती भएकी महत २०७८ मा असईमा पदोन्नति भएकी थिइन्। हाल २०८१ मा इन्सपेक्टर पदमा उतिर्ण भई तालिमरत थिइन्।
पारिवारिक स्रोतका अनुसार महतको सशस्त्र प्रहरीकै १६ बेसिकका एक इन्सपेक्टरसँग प्रेम सम्बन्ध रहेको बताइएको छ। प्रेममा दरार आएपछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। परिवारले ती इन्सपेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेको छ।