65
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा भइरहेको छ। फाइनल पुगिसकेका दुवै टोलीले आजको खेललाई तयारीका रूपमा लिएका छन्।
पहिलो हाफसम्म खेल २–२ को बराबरीमा सकिएको छ। छैटौं मिनेटमा म्यानमारकी म्याट नोइ खिनले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। नेपालकी सविता राना मगरले ११ औं मिनेटमा बराबरी गोल फर्काइन्।
तर, १७ औं मिनेटमा म्यानमारकी मे तेत लुले गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाइन्। नेपालले पहिलो हाफको अन्त्यतिर ४१ औं मिनेटमा सावित्रा भण्डारीको गोलमार्फत खेललाई पुनः बराबरीमा ल्यायो।
पहिलो हाफसम्म दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका छन्।