240
Shares
काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङलाई हटाउन नेपाल विद्युत् प्राधिकरणलाई दबाव दिएको छ।
मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीद्वारा फागुन ८ गते प्राधिकरणलाई पठाइएको पत्र बाहिरिएको छ, जसमा गुरुङले मन्त्रालय र मन्त्रीबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार सामग्री प्रसार गरेको आरोप लगाइएको छ।
पत्रमा यसअघि पनि गुरुङलाई हटाउन निर्देशन दिइएको तर कार्यान्वयन नभएको उल्लेख गर्दै, फागुन ८ गतेको सचिवस्तरको निर्णयअनुसार तुरुन्तै हटाउन पुनः आदेश दिइएको छ।