नेपाल–जर्मनी ऊर्जा सहकार्यलाई गहिरो बनाउँदै : जलविद्युत् क्षेत्रमा लगानी बढाउने प्रयास

136 Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गरेका छन्। ऊर्जा मन्त्रालयमा आज सम्पन्न भेटवार्तामा नेपाल–जर्मनी ऊर्जा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री खड्काले जर्मन सरकारद्वारा वैकल्पिक तथा नविकरणीय ऊर्जा क्षेत्रमा दिइएको सहयोगप्रति धन्यवाद दिँदै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यबारे जानकारी गराए। उक्त लक्ष्य हासिल गर्न जलविद्युत् क्षेत्रमा लगानी बढाउन उनले जर्मन सरकारलाई आग्रह गरेका थिए।

कार्यवाहक राजदूत साइडेलले नेपालको ऊर्जा क्षेत्रमा जर्मनीको निरन्तर साथ रहँदै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि सो सहकार्यलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै