338
Shares
काठमाडौं — वसन्त ऋतुको आरोहण सिजनमा सगरमाथासहितका विभिन्न हिमाल चढ्न ४१ आरोही समूहका ३८१ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार बुधबारसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालु लगायतका हिमाल र पिक आरोहणका लागि २९७ पुरुष र ८४ महिलासहित ७५ देशका नागरिकले अनुमति प्राप्त गरेका हुन्।
सगरमाथा चढ्न मात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित कुल १३४ जनाले अनुमति लिएका छन्। यस्तै, अन्नपूर्ण–१ का लागि ६ समूहका ६६, आमादब्लममा ४ समूहका ४८ र मकालुमा ३ समूहका ४० जनाले आरोहण अनुमति पाएका छन्।
विभागकी निर्देशक आरती न्यौपानेका अनुसार हालसम्म विभिन्न हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ बराबरको रोयल्टी संकलन भइसकेको छ।