काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

183 Shares

काठमाडौं — हाल काठमाडौँ उपत्यकामा सामान्य वर्षा भइरहेको छ भने दिनभरि र राति पनि वर्षा जारी रहने मौसम पूर्वानुमान गरिएको छ। मौसमविद् डेभिड ढकालका अनुसार वर्षासँगै उपत्यकासहित देशका विभिन्न भागमा लागेको तुवाँलो पनि क्रमिक रूपमा हट्नेछ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो र राति बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रही केही स्थानमा हिमपात हुन सक्छ।

यसैगरी, पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने तराईमा पनि आंशिकदेखि सामान्य बदलीका साथ एक–दुई स्थानमा वर्षा, चट्याङ र हुरीसहितको मौसम देखिन सक्ने महाशाखाले उल्लेख गरेको छ।

सम्बन्धित समाचार

सबै