दिवंगत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

237 Shares

काठमाडौं — नेपाल पत्रकार महासंघको अगुवाइमा दिवंगत पत्रकार सुरेश रजकको सम्झनामा आज बेलुका माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

पत्रकार रजकको यही चैत १५ गते निधन भएको थियो। उनको सम्झनामा पत्रकारहरूले नाम लेखेर मैनबत्ती बाल्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

पूर्वराजाका समर्थकहरूले तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा घरभित्रै रहेका रजकको आगलागीबाट मृत्यु भएको थियो।

यसै क्रममा महासंघका उपाध्यक्ष उमितप्रसाद वाग्चनको नेतृत्वमा एक प्रतिनिधिमण्डलले रजकको १३औं पुण्यतिथिमा उनका परिवारसँग भेट गरी समवेदना व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै