तीनकुने घटनामा संलग्न आरोपमा कमलकुमार विष्ट पक्राउ

228 Shares

काठमाडौं, चैत २७ – राजधानीको तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा एक जना थप व्यक्ति पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका–२७ निवासी ५३ वर्षीय कमलकुमार विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई नेपाललाई श्रीलंका र बंगलादेशको मोडलमा अघि बढाउनुपर्छ भन्ने अभिव्यक्ति दिँदै फेसबुकमा उत्तेजक पोस्टहरू लेखेको र विभिन्न व्यक्तिहरूलाई ट्यागसमेत गरेको अभियोगमा पक्राउ गरिएको हो।

काठमाडौं प्रहरी परिसरका अनुसार विष्टमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप अनुमति प्राप्त गरेर अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सबै