नेपाल सुपर लिग फुटबलमा काठमाण्डौको पहिलो जीत

260 Shares

काठमाण्डौ – नेपाल सुपर लिगमा बुटवल लुम्बिनीलाई हराउँदै काठमाण्डौ रेजर्सले सिजनको पहिलो जीत निकालेको छ ।

हिजाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवललाई १–० ले हराउँदै काठमाण्डौले सिजनको पहिलो ३ अङ्क जोडेको हो ।

अन्तिम समयमा अमाडु डियोपले गोल गरे । ७१ औं मिनेटमा बुटवलका डिफेन्डर सुमन श्रेष्ठले कर्नर लिने क्रममा काठमाण्डौका अलिजोनलाई मुक्का हानेपछि रेफ्री प्रज्वल क्षेत्रीले सीधै रातो कार्ड देखाएका थिए ।

बुटवल ४ खेलमा एक अङ्कका साथ प्लेअफ समिकरणबाट बाहिरिएको छ । काठमाण्डौ चार खेलमा ५ अङ्क जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचार

सबै