कलैया उपमहानगरपालिकाका ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

57 Shares

काठमाडौँ – बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सेनिटरी प्याड खरिदमा अनियमितता र मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दा दायर गरेको हो।

मुद्दा लाग्ने व्यक्तिहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सेनिटरी प्याड खरिदको ठेक्का पाएका सागरदेवी फर्माका सञ्चालक बिमलेश साह रहेका छन्।

अर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा प्याड खरिदका क्रममा मूल्य बढाएर खरिद गरेको अनुसन्धानबाट पुष्टि भएको छ। अख्तियारले ५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बिगो निर्धारण गर्दै जरीवाना र कैद माग गर्दै मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सागरदेवी फर्माका सञ्चालक साहसँग मिलेमतो गरेर २४ रुपैयाँ मूल्यमा पाइने प्याडलाई ७८ रुपैयाँमा खरिद गरिएको भेटिएको थियो।

सम्बन्धित समाचार

सबै