शाही युवा शक्ति नेपालका उपाध्यक्ष दिलबहादुर श्रेष्ठ पक्राउ

326 Shares

काठमाडौं, चैत २६ – शाही युवा शक्ति नेपालका उपाध्यक्ष दिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबु क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

श्रेष्ठ शाही युवा शक्तिका दोस्रो वरीयताका व्यक्ति हुन् भने अध्यक्ष पशुपति खड्का यसअघि नै पक्राउ परिसकेका छन्। श्रेष्ठलाई चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठ राजावादी प्रदर्शनमा अराजक जत्था परिचालन गर्न सक्रिय थिए। प्रदर्शनसँग सम्बन्धित अन्य व्यक्तिको खोजी कार्य जारी रहेको पनि जनाइएको छ। पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले जानकारी दिए।

सम्बन्धित समाचार

सबै