तीनकुने प्रदर्शनमा संलग्न भएको अभियोगमा एनी कुँवर पक्राउ

30 Shares

काठमाडौं । राजधानीको तीनकुनेमा चैत १५ गते राजवादी समूहद्वारा आयोजित प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले मोडल तथा अभिनेत्री एनी कुँवरलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो। प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए।

पत्रकार सुरेश रजकको जलेको घरसम्बन्धी भिडियोमा कुँवर देखिएकी थिइन्। आगलागी भएको सो घरबारे उनले फेसबुक लाइभमार्फत “बचाउन आउनु होला” भन्ने आह्वानसमेत गरेकी थिइन्। सोही भिडियोमा उनी ताला लगाइएको रेलिङ बाहिर देखिएको दृश्यसमेत सार्वजनिक भएको थियो।

एसपी जिसीका अनुसार कुँवरमाथि हाल आवश्यक अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सबै